सूचना प्रकाशित मिति २०८३-०१-११
याक नेपाल संस्था सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा याक नेपाल संस्थाको सहजीकरणमा संचालित पोषण परीयोजना कैलाली जिल्लाको ५ वटा पालिका (जानकी, भजनी,कैलारी, घोडाघोडी र गोदावरी )मा संचालन भएको छ ।उल्लेखित सामाग्री उपलब्ध गराउन इच्छुक आपूर्तिकर्ताबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलको शर्तहरुको अधिनमा रहि आपूर्ति कर्ता लेगोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समयमा प्राप्त शिलबन्दी दरभाउपत्रलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका ,रीत पुरा नभएका दरभाउपत्रलाई प्रक्रियामा समावेश गरिनेछैन । शिलबन्दी दरभाउपत्रमा उल्लेखित समामग्रीहरु आंशिक रुपमा पनि खरिद गर्न सकिने छ ।
शर्तहरु
१. दरभाउ पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, आर्थिक वर्ष ०८१/० ८२ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं।, सम्पर्क नं।, ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पत्रको खाम बाहिर दरभाउ दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामाग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।
२.दरभाउ फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट कर समेत अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
३. दरभाउ फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
४. फारम बुझाउने अन्तिम मिति २०८३।०१।१८ गते दिउँसो ५ बजेसम्म हुनेछ ।
५. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
६. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
७. अन्य शर्तनामाहरू परिवर्तनका लागी कार्यरत युवा समुह, -याक नेपाल) नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार परिवर्तनका लागी कार्यरत युवा समुह, -याक नेपाल) नेपालमा नीहित रहेको छ ।
८.यदि ढुवानी लागत लागू हुन्छ भने, लेटर हेडमा उल्लेख गर्नुहोला ।
९. दर लागू भएमा भ्याट सहित उल्लेख गर्नुपर्नेछ ।
१०. कोट गरिएको रकम नेपाली रुपैयाँमा हुनुपर्छ।
सामाग्रीको विवरण:
| SN | Particulars | Specification | Unit | Qty | Unit Rate
(NRs.) |
Total Amount
(NRs.) |
Total Amount in Words | Remarks |
| 1 | Water filter system one set with installation at Darakh Secondary school ghodaghodi -05 | UV Water Treatment System (1000 LPH) – 3 Vessel with 1000 Liter | 1 Set Complete | |||||
| 2 | Water filter system one set with installation at Janakalyan Secondary school Kailari RM -04 | UV Set 500 LPH-2 Vessel with 1000 Liter SS Tank | 1 Set Complete |
नोटः
शिलबन्दी बोलपत्र पेश गर्ने ठेगाना/ स्थान
याक नेपाल संस्थाको कार्यालय, शिवनगर–०१, धनगढी
सेती अञ्चल, सुदूरपश्चिम प्रदेश नेपाल
फोन: +९७७–९१–५२४०८७, ५२१६८७, ५२२६६२
