कृषि उत्पादन बढाउने कार्यक्रम ल्याउन माग

धनगढी-खाद्य अधिकार सञ्जालले कोरोनाका कारण आउन सक्ने खाद्य संकट झेल्न ‘कृषि उत्पादन बढाऔं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरुसँग माग गरेको छ ।
याक नेपाल कैलाली र जिल्ला खाद्य अधिकार संजालको सहकार्य र विभिन्न महासंघ, संघसंस्था, संञ्जालहरुसँगको समन्वयमा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुलाई नीति, कार्यक्रम र बजेटमा सो कार्यक्रम समावेश गर्न सुझाव दिएको हो । खाद्य अधिकार सञ्जालको सचिवालयको रुपमा काम गरिरहेको याक नेपालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुले आर्थिक वर्ष २०७७-०७८ को नीति, कार्यक्रम र बजेट बनाइरहेको बेला सुझाव पेश गरेको जनाएको छ ।

“देशव्यापी रुपमा लकडाउन जारी रहेको सबै किसिमका विकास निर्माण, शिक्षा, स्वस्थ्य, पर्यटन र आर्थिक गतिविधिहरु नराम्रो गरी प्रभावित भएका छन्” याक नेपालका कार्यकारी निर्देशक डबल बमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विदेशमा रोजगारीको लागि गएकाहरु स्वदेश फर्किने क्रम जारी रहेकाले राष्ट्रको आम्दानी पनि घटीसकेको छ । फलस्वरुप आगामी दिनमा चरम खाद्य एवम् आर्थिक असुरक्षाको स्थिति हुने प्रायः निश्चित छ ।”
नागरिकहरु विदेशबाट फिर्ता भइरहेकाले विप्रेषण बन्द हुनुका साथै खाने मानिसको संख्या बढेकोले आगमी दिनमा खाद्यको चरम असुरक्षाको हुने भन्दै सञ्जालले खाद्य उत्पादन बढाउनु पर्ने बाध्यात्मक परिस्थिति भएको जनाएको छ । सञ्जालले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिकार्यतर्फ उत्प्रेरित गर्न कृषिलाई प्राथमिकतामा राखी बाँझो, बगर लगायतका ठाउँमा कृषि कार्य गर्न सकिने सुझाव दिएको छ । सञ्जालले किसानहरुको वर्गिकरण गरी साना किसानको उत्पादनका श्रोत र सेवामाथिको पहँुचलाई सुनिश्चित गर्ने नीति समावेश गर्न पनि स्थानीय तहहरुलाई सुझाव दिएको छ ।
सञ्जालले रैथाने बालीको संरक्षण र सम्बद्र्धनका लागि स्थानीय बीऊ बैंक स्थापना तथा उत्पादित सामाग्रीको भण्डारण र व्यवस्थापन कार्य नीति, कार्यक्रम र बजेटमा समावेश गर्न माग गरेको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरु र अन्य लक्षित वर्गको रोजगारी र खाद्य सुरक्षालाई सुनिश्चित गर्न र श्रोतको दुरुपयोग हुने सम्भावनालाई कम गर्न प्रभावितहरुका निम्ति ‘कामका लागि नगद वा खाद्यान्न’ कार्यक्रम ल्याउन र जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि थप स्वास्थ्य सम्वन्धी संरचना प्रवद्र्धन गर्ने नीति लिन स्थानीय तहसंग माग गरिएको छ ।
महामारी र प्राकृतिक प्रकोपका समयमा जनताको खाद्यअधिकार तथाखाद्य सुरक्षा सुनिश्चित गर्नका लागि लक्षित घरधुरी पहिचान र परिचयपत्र वितरण, खाद्यान्न भण्डारण, राहत वितरण लगायतका कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सहजताका लागि खाद्यअधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा ३६ बमोजिमको स्थानीय खाद्य समन्वय समिति गठन गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा “विषम परिस्थितिमा स्थानीय तहका नीति तथा कार्यक्रमहरुले नै जनताको जिविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा  आगामी दिनमा उत्पन्न हुन सक्ने आर्थिक एवम् खाद्य संकटलाई सम्बोधन गरी मानिसको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक छ” भनिएको छ ।

Source:

https://www.karobardaily.com/news/economy/33205?fbclid=IwAR1Os5bt7eljo5cVCj5WN3PToBhaX4hMSQ6Q–2mmj98JjYCTbSgRKh5cHw

खाद्य संकट झेल्न कृषि उत्पादन बढाउने कार्यक्रम ल्याउन माग

धनगढी । खाद्य अधिकार सञ्जालले कोभिड–१९ का कारण आउन सक्ने खाद्य संकट झेल्न ‘कृषि उत्पादन बढाऔ, खाद्यान्नमा आत्मनिर्भर बनौं’ कार्यक्रम संचालन गर्न स्थानीय तहहरुसंग माग गरेको छ ।

याक नेपाल कैलाली र जिल्ला खाद्य अधिकार संजालको सहकार्य र विभिन्न महासंघ, संघसंस्था, संंजालहरुसंगको समन्वयमा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुलाई नीति, कार्यक्रम र बजेटमा सो कार्यक्रम समावेश गर्न सुझाव पेश गरेको हो । खाद्य अधिकार सञ्जालको सचिवालयको रुपमा काम गरिरहेको याक नेपालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुले आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट बनाइरहेको बेला सुझाव पेश गरेको जनाएको छ ।
‘देशव्यापी वन्दाबन्दी लागु गरेको अवस्था रहेकोले सवै किसिमका विकास निर्माण, शिक्षा, स्वस्थ्य, पर्यटन र आर्थिक गतिविधिहरु नराम्रो गरी प्रभावित भएका छन्’ याक नेपालका कार्यकारी निर्देशक डबल बमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रोजगारीको लागि गएकाहरु स्वदेश फर्किने क्रम जारी रहेकाले राष्ट्रको आम्दानी पनि घटि सकेको छ । फलस्वरुप आगामी दिनमा चरम खाद्य एबम् आर्थिक असुरक्षाको स्थिति हुने प्रायः निश्चित छ ।’
नागरिकहरु विदेशबाट फिर्ता भइरहेकाले विप्रेषण बन्द हुनुका साथै खाने मानिसको संख्या बढेकोले आगमी दिनमा खाद्यको चरम असुरक्षाको हुने भन्दै सञ्जालले खाद्य उत्पादन बढाउनु पर्ने वाध्यात्मक परिस्थिति भएको जनाएको छ । सञ्जालले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिकार्य तर्फ उत्प्रेरित गर्न कृषिलाई प्राथमिकतामा राखी बाँझो, बगर लगायतका ठाउँमा कृषि कार्य गर्न सकिने सुझाव दिएको छ । सञ्जालले किसानहरुको वर्गिकरण गरी साना किसानको उत्पादनका श्रोत र सेवामाथिको पहँुचलाई सुनिश्चित गर्ने नीति समावेश गर्न पनि स्थानीय तहहरुलाई सुझाव दिएको छ ।
सञ्जालले रैथाने बालीको संरक्षण र सम्बद्र्धनका लागि स्थानीय बीऊ बैंक स्थापना तथा उत्पादित सामाग्रीको भण्डारण र व्यवस्थापन कार्य नीति, कार्यक्रम र बजेटमा समावेश गर्न माग गरेको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरु र अन्य लक्षित वर्गको रोजगारी र खाद्य सुरक्षालाई सुनिश्चित गर्न र श्रोतको दुरुपयोग हुने सम्भावनालाई कम गर्न प्रभावितहरुका निम्ति ‘कामको लागि नगद वा खाद्यान्न’ कार्यक्रम ल्याउन र जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि थप स्वास्थ्य सम्वन्धी संरचना प्रवद्र्धन गर्ने नीति लिन स्थानीय तहसंग माग गरिएको छ ।
महामारी र प्राकृतिक प्रकोपका समयमा जनताको खाद्यअधिकार तथाखाद्य सुरक्षा सुनिश्चित गर्नका लागि लक्षित घरधुरी पहिचान र परिचयपत्र वितरण, खाद्यान्न भण्डारण, राहत वितरण लगायतका कार्यलाई प्रभावकारी ढंगले संचालन गर्न सहजताका लागि खाद्यअधिकार तथाखाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा ३६ बमोजिमको स्थानीय खाद्य समन्वय समिति गठन गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा ‘विषम परिस्थितिमा स्थानीय तहका नीति तथा कार्यक्रमहरुले नै जनताको जिविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्ने हुदा आगामी दिनमा उत्पन्न हुन सक्ने आर्थिक एबम् खाद्य संकटलाई सम्बोधन गरी मानिसको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक छ’ भनिएको छ ।

Source: https://www.anumodankhabar.com/2020/06/23/36230?fbclid=IwAR27iVkPlD16L09PEXsEw2vtlv4s9CPZSX7KMQVN9PLqyaRlswz2FnkW4WI

याक नेपालद्धारा कैलालीका दुई नगरपालिका कार्यालयलाई खाद्यान्न हस्तान्तरण

प्रकाशित मिति : 23 May, 2020

सुखड । परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालले शुुुक्रबार घोडाघोडी र गौरीगंगा नगरपालिका कार्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ ।

लकडाउनका बेला दैनिक उपभोग्य सामान नभएर चुल्हो बल्न छाडेका दैनिक ज्यालादारी गरी परिवार पाल्नेहरुका लागि भन्दै परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालले खाद्यान्न हस्तान्तरण गरेको हो ।

संस्था अध्यक्ष डबलबहादुर बमले घाेडाघाेडी नगरपालिकाका प्रमुख र गाैरीगंगा-१० का वडाध्यक्षलाई हस्तान्तरण गरेका थिए । घोडाघोडीमा ६७ परिवार र गौरीगंगामा ६३ परिवार गरी १ सय ३० परिवारको लागी राहत हस्तान्तरण गरेको हो ।

घोडाघोडीमा २० क्वीन्टल चामल, २ सय १ किलो चामल, १ सय ३४ लिटर तेल, १ सय ३४ किलो नुन, १ सय ३४ किलो चिनि र २ सय ५८ वटा साबुन नगरपालिकाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी गौरीगंगामा १६ क्वीन्टल चामल, १ सय ८९ किलो दाल, १ सय २६ लिटर तेल, १ सय २६ किलो नुन, १ सय २६ किलो चिनि र २ सय ५२ वटा साबुन गौरीगंगा नगरपालिकाई हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस महामारीका कारण उत्पन्न प्रतिकुल अवस्थामा दुई ओटा नगरपालिकालाई खाद्य असुरक्षामा परेका समुदायका लागि खाद्यान्य हस्तान्तरण गरेको परिवर्तनका लागी कार्यरत युवा समुह नेपालका अध्यक्ष डलब बहादुर बमले जानकारी दिए । राहत वितरणको मापदण्ड अनुसार राहत वितरण गर्ने नगरपालिकाले जनाएका छन् ।

याक नेपालद्धारा कैलालीका दुई नगरपालिका कार्यालयलाई खाद्यान्न हस्तान्तरण