सूची दर्ता सम्बन्धी  सुचना

सूची दर्ता सम्बन्धी  सुचना

प्रथम पटक प्रकाशित मितिः २०८३/०४/०१

परिवर्तनका लागी कार्यरत युवा समुह नेपाल (याक नेपाल) ले संचालन गर्ने कार्यक्रम / परियोजनाहरुका लागि आवश्यक पर्ने बस्तु तथा सेवाहरु आ.ब. २०८३/२०८४ को  लागी आवश्यकता अनुसार माग गरिएका बखत उपलब्ध गराउने गरी संस्थामा सूचीकृत हुन चाहने नेपाल सरकारको इजाजत प्राप्त उद्योग, पर्फ्म, कम्पनी, अधिकृत बिक्री वा वितरक तथा सेवा प्रदायकले आफ्नो हालसम्म आध्यावधिक गरिएका इजाजतपत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट  दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित आफुले दिन सक्ने सेवा र सामग्रीहरुको बिवरण र स्वः घोषणा पत्र उल्लेख गरी मिति २०८३/०४/१५ गतेभित्र कार्यालय समयमा सूची दर्ता गराउन हुन यो सूचना प्रकासित गरिएको छ ।

तपसिल

क्र.सं. विवरण
कार्यालय प्रयोजनका लागि आवश्यक फर्निचर सामग्रीहरू (टेबुल, दराज, बुक र्याक, राउण्ड टेबुल, अन्य) तथा मर्मत सेवा
निर्माणका लागि बाह्य निर्माण सामग्रीहरू (सिमेन्ट, रड, पाइप, फिटिङ, जस्ता पाता, टायल, मार्बल, होम डेकोरेसन, आदि)
तालिम, कार्यक्रम, गोष्ठी तथा कार्यशाला सञ्चालनका लागि होटल सेवा (खाजा, खाना, आवास, हल, आदि)
इलेक्ट्रोनिक्स उपकरण आपूर्ति
उपकरण तथा नेटवर्क मर्मत–सम्भार सेवा
अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरू
होर्डिङ बोर्ड, भित्ते लेखन कार्य तथा फ्लेक्स प्रिन्ट लगायतका सेवा
सवारी साधन मर्मत तथा सम्भार सेवा
कार्यालय प्रयोजनका लागि मेसिनरी सामग्री (सोलार प्यानल, इन्भर्टर, ब्याट्री, प्रिन्टर, टोनर, कार्टेज, क्यामेरा, हार्ड डिस्क, साउण्ड सिस्टम, रेकर्डर, प्रोजेक्टर, मेमोरी कार्ड, ल्यापटप, कम्प्युटर, मोबाइल लगायतका उपकरण)
१० स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि प्राथमिक उपचार सामग्री (First Aid Kit Box) तथा मेडिकल सम्बन्धित सामग्री (Health Equipment)
११ विद्युत् सम्बन्धी, प्लम्बिङ, जेनेरेटर, इन्भर्टर, स्टेबिलाइजर मर्मत–सम्भार सेवा
१२ कृषिजन्य सामग्रीहरू (तरकारीका बीउबिजन, गार्डेन पाइप, विषादी, हजारी, प्लास्टिक घर, गुम्बज, स्प्रे ट्याङ्की, पोलीपोट, कृषि औजार तथा अन्य)
१३ छात्रवृत्ति सहयोग सामग्रीहरू (कापी, कलम, पेन्सिल, झोला, ज्यामिति, कपडा)
१४ पुस्तकालय सहयोगका लागि पुस्तक तथा अन्य सामग्रीहरू
१५ भेटेनरी सम्बन्धी उपकरण तथा अन्य औजारहरू
१६ लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण सेवा (अडिटिङ तथा आन्तरिक लेखापरीक्षण)
१७ कार्यालय प्रयोजनका साथै तालिम, कार्यशाला, गोष्ठीका लागि स्टेशनरी सामग्रीहरू (कागज, कलम, फाइल, आदि)
१८ छपाई (प्रेस), प्रिन्टिङ सम्बन्धी सेवा तथा फोटोकपी सेवा
१९ विपद् व्यवस्थापनसँग सम्बन्धित सामग्री (स्ट्रेचर, टर्च, रेडियो, ह्यान्ड माइक, अग्नि नियन्त्रक, डोरी, गैंती, बेल्चा, लाइफ ज्याकेट, आदि)
२० रिजर्भ वा भाडाका लागि सवारी साधन (जिप, ट्र्याक्टर, हाइस, ई.भी. गाडी, बस तथा अन्य सवारी)
२१ निर्माण सम्बन्धी प्राविधिक सेवा (सर्भे, नक्साङ्कन, लागत अनुमान, निर्माणमा प्राविधिक सुपरिवेक्षण)
२२ डेरीजन्य सामग्री (घ्यू, दूध, दही, पनीर लगायत अन्य दुग्धजन्य पदार्थ)
२३ फेन्सी तथा गार्मेन्ट उद्योग (झोला, टी–सर्ट, ज्याकेट, ट्र्याकसुट तथा अन्य कपडा)
२४ खाद्य खुद्रा तथा जनरल अर्डर सप्लायर्ससँग सम्बन्धित सामग्रीहरू (दैनिक उपभोग्य वस्तु)
२५ प्लास्टिकजन्य सामग्रीहरू (प्लास्टिकका भाँडा, बाटा, बाल्टिन तथा अन्य)
२६ क्रसर उद्योग (गिट्टी, बालुवा, ढुङ्गा तथा अन्य निर्माण सामग्री)
२७ ग्रिल तथा एल्युमिनियम उद्योग तथा सप्लायर्स (फलाम तथा एल्युमिनियमका सामग्रीहरू लगायत अन्य)
२८ नर्सरी (बोटबिरुवा, बीउ, मल तथा अन्य बागवानी सामग्री)
२९ ढुवानी सेवा (यातायात तथा मालवाहक सेवा)
३० मिडिया तथा प्रकाशन सेवा (समाचार, विज्ञापन तथा सामग्री प्रकाशन)
३१ इन्स्योरेन्स कम्पनी (Life तथा Non-Life बीमा)
३२ कृषि तथा पशुपक्षी फर्म (खेती, पशुपालन, कुखुरापालन, आदि)

नोटः

  • सूचीकृत हुन निवेदन दिनेहरूमध्येबाट योग्य ठहरिएमा फर्म तथा कम्पनीहरूलाई मात्र सूचीकृत गरिनेछ र सूचीकृत हुन आएका विवरण तथा क्षमता, दक्षतालाई आधार मानी गरिनेछ।
  • सूचीकृत भएका फर्म तथा कम्पनीहरूबाट मात्र यस संस्थाको आवश्यकताअनुसारका सामग्रीहरू खरिद गर्न तथा सेवा प्राप्त गर्न सिलबन्दी कोटेशन माग गरिनेछ।

सूचि दर्ता गर्नुपर्ने ठेगाना

परिवर्तनका लागि कार्यरत युवा समुह नेपाल (याक नेपाल)

धनगढी उपमहानगरपालिका–१, शिवनगर, कैलाली अथवा info@yacnepal.org.np मार्फत पनि सूची दर्ता गर्न सकिनेछ।

सम्पर्क फोन नं.: ०९१–५२१६८७