परिवर्तनका लागि कार्यरत युवा समूह, नेपाल (याक नेपाल)
पदपूर्तिका लागि प्रकाशित सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/६ /२२
परिवर्तनका लागि कार्यरत युवा समूह, नेपाल (याक नेपाल) द्वारा कैलाली जिल्ला अन्तर्गतका सबै पालिकाहरूमा सञ्चालन भइरहेको “मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH,) तथा पोषण (Nutrition) कार्यक्रम“ का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ८ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
| पद | न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव | मुख्य जिम्मेवारीहरू |
| अनुगमन तथा मूल्याङ्कन अधिकृत (Monitoring and Evaluation Officer) (१ जना) | जनस्वास्थ्य मा स्नातक (Public Health) उत्तीर्ण भई २ वर्षको अनुभव वा नर्सिङ, सामाजिक विज्ञान वा अन्य सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा ३ वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको। | · अनुगमन तथा मूल्याङ्कनको योजना विकास र कार्यान्वयन गर्ने।
· परियोजनाका सूचकहरू सम्बन्धी तथ्याङ्क समयमै सङ्कलन, विश्लेषण, प्रतिवेदन, तथा प्रयोग भएको सुनिश्चित गर्ने। · तथ्याङ्कको गुणस्तर जाँच, सहयोगी अनुगमन, कर्मचारी क्षमता अभिवृद्धि, ड्यासबोर्ड विकास र प्रयोग गरी प्रमाणमा आधारित निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने। · HMIS को विकास र प्रयोगका लागि जिल्ला/पालिकाका सरोकारवालासँग समन्वय गर्ने। · तथ्यमा आधारित योजना तर्जुमा गर्न परियोजनालाई सहयोग प्रदान गर्ने तथा मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषणसम्बन्धी तथ्याङ्कको गुणस्तर सुधार गर्ने। |
| प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer)
(१ जना) |
स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको। | · दैनिक कार्यालय सञ्चालन तथा कोष निकासा (Fund disbursement) को व्यवस्थापन गर्ने र बजेट तथा खर्चको अनुगमन गर्ने।
· वित्तीय प्रतिवेदन तयार गर्ने, लेखा राख्ने (Book keeping) कार्य गर्ने र आवश्यकता अनुसार वित्तीय अभिलेखहरू अद्यावधिक गर्ने। · बजेट सम्बन्धी कुनै पनि विषयमा परियोजनाको टिमसँग प्रत्यक्ष समन्वय गर्ने। |
| फिल्ड सुपरभाइजर (Field Supervisor)
(१ जना) |
PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA) उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको। | · समुदाय स्तरमा तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य र पोषण कार्यक्रम प्रत्यक्ष रूपमा कार्यान्वयन गर्न यथोचित सहयोग प्रदान गर्ने।
· कार्यक्षेत्रका गतिविधिहरू सही ढङ्गले सञ्चालन भएको सुनिश्चित गर्दै सामुदायिक परिचालकहरूलाई प्रत्यक्ष सुपरिवेक्षण र क्षमता विकास गर्ने। · कार्यक्रमको सहज सञ्चालन सुनिश्चित गर्न स्थानीय सरोकारवालाहरूसँग समन्वय गर्ने र स्थानीय स्तरमा देखा पर्ने कार्यान्वयनका चुनौतीहरू समाधान गर्ने। · कार्यक्रम अन्तर्गत सञ्चालित गतिविधिहरूको प्रतिवेदन तयार पार्ने। |
| सामुदायिक परिचालक (Community Mobilizer)
(१ जना– मोहन्याल गाउपालिकाका लागि) |
कम्तीमा ANM, AHW वा PCL उत्तीर्ण भई MNCH र पोषण कार्यक्रम सम्बन्धी अनुभव प्राप्त गरेको। | · अग्रपङ्क्तिका कर्मचारीका रूपमा आधारभूत स्तरका मातृ, नवजात शिशु, बाल स्वास्थ्य र पोषणका गतिविधिहरू सञ्चालन गर्न समुदायसँग प्रत्यक्ष रूपमा संलग्न हुने।
· परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा गर्ने। · महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने। · समूह परिचालनको व्यवस्थापन गर्ने र समयमै प्रतिवेदन बुझाउने, सफलताका कथाहरूको अभिलेखीकरण गर्ने र स्थानीय तथ्याङ्क व्यवस्थापन गर्ने कार्य सुनिश्चित गर्ने। |
पेश गर्नुपर्ने कागजातहरू:
- निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा),
- शैक्षिक तथा तालिमसम्बन्धी प्रमाणपत्रहरूको प्रतिलिपि,
- अनुभव प्रमाणपत्रको प्रतिलिपि,
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र
- अफिसर पद तथा फिल्ड सुपरभाइजरको हकमा उपलब्ध भएमा दुई-पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ।
प्राथमिकता: स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मिति र समयः असोज २९ गते २०८३, ५ बजे भित्र
दरखास्त पठाउने इमेल ठेगाना: career@yacnepal.org.np
(आवेदन इमेल मार्फत पेश गर्दा Subject मा आवेदन दिन चाहेको पद खुलाएर आवेदन पेश गर्नुहोला। (“Application for …. Position”))
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना :
परिवर्तनका लागि कार्यरत युवा समूह, नेपाल (याक नेपाल)
धनगढी उपमहानगरपालिका – १, शिवनगर
(कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ)
परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता।
नोटः
- रित नपुगेका र म्याद नाघी आएका दरखास्त आवेदनहरू स्वतः खारेज भएको मानिनेछ।
• प्रस्तुत परियोजनाको समयावधि दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।
संयोजक
मानव श्रोत व्यवस्थापन समिति
याक नेपाल
धनगढी, कैलाली
